काठमाडौँ महानगरले माग्यो मारवाडी सेवा समितिको कागजात

काठमाडौँ महानगरले माग्यो मारवाडी सेवा समितिको कागजात

केन्द्रबिन्दु
93
Shares

काठमाडौँ । मारवाडी सेवा समितिले न्युरोडस्थित एक जुत्ता पसलबाट साढे आठ लाख रुपैयाँ भाडा असुल्ने गरेको भेटिएको भन्दै काठमाडौँ महानगरपालिकाले छापा मारेको छ ।

बिहीबार महानगरपालिकाको राजस्व विभागका उपनिर्देशक जगनाथ शर्मा पौडेलसहितको टोलीले छापा मारेको हो ।

छापाकै क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपनिर्देशक शर्माले सबै कुरा प्रस्ट गर्नको लागि मारवाडी सेवा समितिको आधिकारिक व्यक्ति नभेटिएको बताए । उनले आधिकारिक व्यक्ति काम विशेषले बाहिर रहेकाले सबै जानकारी सार्वजनिक गर्न नसकिएको बताए ।

साथै उनले सम्झौता गरेर राखेका व्यासायीहरुको व्यवसाय दर्ता, नवीकरण हालसम्म तिर्नुपर्ने रकम सबै डकुमेन्टहरु आधिकारिक व्यक्तिले सोमबार बुझाउने गरी सम्झौता भएको बताए ।

उनले भने, ‘मारवाडी सेवा समितिको आधिकारिक व्यक्ति काम विशेषले बाहिर हुनुहुँदोरहेछ । हामीले मागेका कागजातसहित अर्थात् खासगरी व्यवसाय गरेकाहरुसँग सम्झौता गरेर राखेका दर्ता, नवीकरण, हालसम्म तिनुपर्ने रकमसहित सम्पूर्ण रसिद वा डकुमेण्ट लिएर सोमबार आधिकारिक व्यक्ति हामीकहाँ आउनुहुनेछ ।’

Skip This
Skip This
Logo