‘टि २० सिरिज’ को दोस्रो खेलः नेपाल यूएईसँग ४ विकेटले विजयी

‘टि २० सिरिज’ को दोस्रो खेलः नेपाल यूएईसँग ४ विकेटले विजयी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । पहिलो टि २० सिरिजको दोस्रो खेलमा नेपाल विजयी भएको छ । यूएईलाई ४ विकेटले पराजित गर्दै नेपाल विजयी भएको हो । यूएईले दिएको १०८ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको नेपालले १९ दशमलब ३ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरी र पवन सर्राफले ५५ रनको साझेदारी खेल्दै नेपाललाई जित दिलाएका हुन् । दीपेन्द्र ४७ रनमा अविजित रहे भने पवन १८ रन बनाएर आउट भए ।

१०.१ ओभरमा सन्दीप जोरा आउट हुँदा नेपाल ४६ रन बनाएर ५ विकेट गुमाईसकेको थियो । त्यसपछि ब्याटिङ गर्न आएका पवनले दीपेन्द्रसँग मिलेर नेपाललाई जित दिलाएका हुन् ।

कप्तान पारस खड्का पहिलो बलमा शून्य रनमा आउट हुँदा सुनदिप जोराले १ रन जोडेका थिए। यसअघि टस जितेरपहिले ब्याटिङ गरेको युएईले १९.२ ओभरमा अलआउट हुँदै १०७ रन बनाएको थियो।

यसअघि बिहीबार भएको टि २० सिरिजको पहिलो खेलमा नेपाल २१ रनले पराजित भएको थियो । त्यसअघि भएको एक दिवसीय सिरिज नेपालले २१ ले जितेको थियो ।

अबको टि २० सिरिज जितेमा नेपालले ३ लाख भन्दा बढी पुरस्कार पाउनेछ । युएई क्रिकेट बोर्डले सिरिज विजेताले १० हजार दिराम अर्थात ३ लाख १० हजार नेपाली रुपैयाँ पुरस्कार दिने घोषणा गरेको थियो ।

Skip This
Skip This
Logo