फुटबल प्रतियोगिता हेर्न सरकारी बिदा !

फुटबल प्रतियोगिता हेर्न सरकारी बिदा !

केन्द्रबिन्दु
0
Shares

सरकारी बिदाको बारेमा बहस भैरहंदा संखुवासभामा भने फुटबल प्रतियोगिताको फाइनल हेर्न भन्दै बिदा दिइएको छ।

सदरमुकाम खाँदबारीमा जारी मेयरकप हेर्न खाँदबारी नगरपालिकासहित नगरभित्रका ११ वटा नै वडा कार्यालयहरु बन्द गरिएको हो । भलिबल प्रतियोगिताको फाइनल हेर्न नगरभित्रका सम्पूर्ण नागरिकलाई निमन्त्रणा गर्दै नगरपालिकासहित नगरभित्रका ११ वटा नै वडा कार्यालयहरु बन्द गर्ने गरी वडा कार्यालयहरुलाई नगरपालिकाले पत्राचार गरेका थिए ।

२०५६ सालमा स्थापना भएको खाँदबारी नगरपालिका र नगरका प्रथम मेयर स्वर्गीय मेयर किरण शाक्यको सम्झानामा प्रथम मेयरकप भलिबल प्रतियोगिताको आयोजना गरिएको हो । स्थानीयले भने प्रतियोगिता हेर्नैका लागि कार्यालय बन्द गर्नु उचित नभएको बताएका छन्।

Skip This
Skip This
Logo