पहिलो पटक ‘कोपिला प्रि स्कूल एक्स्पो २०१९’ हुँदै

पहिलो पटक ‘कोपिला प्रि स्कूल एक्स्पो २०१९’ हुँदै

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिले ‘कोपिला प्रि स्कूल एक्स्पो – २०१९’ (मेला) गर्ने भएको छ ।

आउँदो चैत १ र २ गते काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरिने यस मेलामा १ सय ५० भन्दा बढी स्टलहरु रहने छ । मेलामा मन्टेश्वरी र विद्यालयहरुका साथै बालबालिकासँग प्रत्यक्ष सरोकार राख्ने विभिन्न उत्पादन कम्पनीहरुले सहभागिता जनाउने छन् ।

दुई दिने यस मेलामा विभिन्न गोष्ठी, सेमिनार र वालवालिका सम्बन्धी रोचक खेलहरुको प्रतिस्पर्धा गरिने मेलाकी संयोजक स्मीता यादवले जानकारी दिईन् ।

‘कोपिला प्रि स्कूल एक्स्पो’ मा बालबालिकाकालागि चित्रकला प्रतियोगिता, हेल्दि बेबी प्रतियोगिताका साथै विभिन्न खेलका रोचक प्रतियोगिताहरु समेत आयोजना गरिने संयोजक यादवले जानकारी दिइन् ।

त्यसैगरी बालबालिकाका लागि डेन्टल शिविरको आयोजना गर्नुका साथै राम्रो दाँतको लागि पुरस्कार पनि प्रदान गरिने छ । मेला संयोजक यादव भन्छिन् –‘छुट्टै किड्स जोनको ब्यवस्था गरिनेछ ।’ उनका अनुसार किड्स जोन मात्र होइन अभिभावककालागि सचेतना कार्यक्रम समेत आयोजना गरिनेछ ।

आयोजकका अनुसार ‘कोपिला प्रि स्कूल एक्स्पो’ मा विश्वको शिक्षा प्रणालीदेखि वर्तमान नेपाली स्कूले शिक्षा प्रणालीसम्मको तुलनात्मक अध्ययन प्रस्तुत गरेर अविभावकलाई एकै थलोमा शिक्षा सम्बन्धी सम्पूर्ण जानकारी प्रदान गरिनेछ । एक्स्पोका लागि स्टल बुकिङ खुल्ला गरिएको संयोजक यादवले जानकारी दिइन् ।

Logo