प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत, टोलीमा ८७ सदस्य रहने

प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत, टोलीमा ८७ सदस्य रहने

केन्द्रबिन्दु
36
Shares

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण स्वीकृत भएको छ ।

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यही मंसिर १६ गतेदेखि तय भएको प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले जानकारी दिए ।

प्रधानमन्त्रीको टोली ८७ सदस्यीय हुने भएको छ । जसमा मन्त्रीसहित ३९ जना सरकारी अधिकारी र निजी क्षेत्रका ४८ जना प्रतिनिधि पनि भ्रमण दलमा सहभागी हुने तय भएको छ ।

प्रधानमन्त्री ओली चार दिने औपचारिक भ्रमणका लागि यही मंसिर १७ गते चीनको राजधानी बेइजिङतर्फ जाँदै छन् ।

Skip This
Skip This
Logo