काठमाडौँस्थित सरकारी वकिलको कार्यालयमा रविलाई उपस्थित गराइयो, बयान सुरु

काठमाडौँस्थित सरकारी वकिलको कार्यालयमा रविलाई उपस्थित गराइयो, बयान सुरु

केन्द्रबिन्दु
42
Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बयानका लागि काठमाडौँस्थित सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको छ ।

शुक्रबार बिहान काठमाडौँ प्रहरी परिसरको हिरासतबाट उनलाई बयानका लागि सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको हो ।

स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था ठगी प्रकरणको अनुसन्धानका लागि काठमाडौँ ल्याइएका उनलाई कार्यालयमा उपस्थित गराएसँगै बयान लिन सुरु भएको छ ।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको कसुरमा अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका उनलाई बिहीबार साँझ काठमाडौँ ल्याइएको थियो ।

Logo