कलाकार बीएस राणाको निधन भएको छ ।
नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार राणाको उपचारको क्रममा काठमाण्डौको शिक्षण अस्पतालमा निधन भएको हो। स्वासप्रश्वासमा समस्या देखिएपछि एक साता अगाडि उनलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो ।
उनले ‘दर्पण छाया २, सेतो बाघ, हवल्दार सुन्तली, काफल पाक्यो, सम्बोधन, साथी म तिम्रो, आई एम सरी, कसले चोर्यो मेरो मन, दासढुंगा, बसन्ती, दाग’ का चलचित्रमा अभिनय गरेका छन् ।































प्रतिक्रिया