लार्के र याङ्ग्री परियोजनाको डीपीआर समेत नआएपछि काम शुरु नै भएन

लार्के र याङ्ग्री परियोजनाको डीपीआर समेत नआएपछि काम शुरु नै भएन

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

सिन्धुपाल्चोकै लार्के र याङ्ग्री खोलाबाट दैनिक १७/१७ करोड लिटर पानी काठमाडौं ल्याउने काम अझैसम्म पनि अघि बढ्न सकेको छैन ।

विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन आयोजनाले अहिलेसम्म हात पार्न सकेको छैन । यसका लागि मुआब्जा निर्धारण भएको छैन । एक वर्षभित्र सम्पन्न गर्ने गरी सन् २०१७ मा स्पेनी परामर्शदाता इप्टिसाले डीपीआर बनाउने जिम्मा लिएको थियो । तर उसले डीपीआर नै बनाएको छैन ।

पटक–पटक ताकेता गर्दा पनि डीपीआर नबुझाएको जनाउँदै आयोजनाका सूचना अधिकारी राजेन्द्र पन्तले भन्नुभयो– ‘उसले तयार पारेको डीपीआरको अन्तिम ड्राफ्टमा गत सेप्टेम्बरमा प्रतिक्रिया जनाई अन्तिमरूप दिन भनेका थियौं तर ४ महिना बितिसक्दा समेत आएन ।’

उहाँका अनुसार भूकम्पको उच्च जोखिम रहेको स्थान भएकाले त्यसलाई ध्यान दिई डीपीआर बनाउन भनिएको थियो । सूचना अधिकारी पन्तले वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार भइरहेकाले डीपीआर बुझाउन अझै ढिला हुने इप्टिसाले बताएको जानकारी दिँदै थप्नुभयो– ‘कहिलेसम्म आउँछ भन्न सक्ने अवस्था छैन ।’

यस्तै मुआब्जा वितरणका लागि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले स्थलगत अवलोकन गरिरहेको उहाँले बताउनुभयो । डीपीआर नआएकाले लार्के र याङ्ग्रीसम्म पुग्ने सडक बनाउने बाहेक अरू काम हुनसकेको छैन । निर्माण कार्य थालेको ४ वर्षभित्र सम्पन्न गर्ने यो परियोजनामा २५ अर्ब लागत लाग्ने अनुमान गरिएको छ ।
नेपाल समाचारपत्रबाट

Skip This
Skip This
Logo