धुर्मुस–सुन्तली फाउन्डेसनलाई दिइएको जग्गाविरुद्ध सर्वोच्चमा मुद्दा !

धुर्मुस–सुन्तली फाउन्डेसनलाई दिइएको जग्गाविरुद्ध सर्वोच्चमा मुद्दा !

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

सर्वोच्च अदालतमा मुद्दा परेको जग्गामा धुर्मुस–सुन्तली फाउन्डेसनलाई अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको जिम्मा दिइएको छ ।

त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको ३ सय ५६ बिगाहा जग्गा २०६७ सालमा गठित कृषि तथा वन विश्वविद्यालयले भोगचलन गर्न पाउनुपर्ने माग राखी सर्वोच्चमा मुद्दा हालेको थियो । मुद्दाको किनारा नै नलागी भरतपुर महानगरपालिकाले २० बिगाहा ८ कठ्ठा जग्गा रंगशाला निर्माण गर्न सम्झौता गरेको हो । फाउन्डेसन र उक्त महानगरबीच रंगशाला बनाउन सम्झौता भएपछि विवाद भएको हो।

त्रिविका उपकुलपति प्राडा तीर्थराज खनियाँले करिब ५ वर्ष अघि सर्वोच्चमा मुद्दा परेको जानकारी दिनुभयो । स्रोतका अनुसार त्रिविले मुद्दा हाले पनि करिब एक वर्ष अघिको मन्त्रिपरिषद् बैठकले उक्त जग्गामध्ये ४० बिगाहा र शक्तिखोरको ३ सय बिगाहा त्रिविलाई उपलब्ध गराउने निर्णय गरेको भए पनि कार्यान्वयन भने भएको छैन । उपकुलपति प्राडा खनियाँले शक्तिखोरको जग्गा त्रिविको नाममा नआएसम्म मुद्दाको किनारा नलाग्ने स्पष्ट पार्नुभयो । महानगरपालिकाका मेयर रेणु दाहालले भने यसको टुङ्गो लगाउन त्रिविसमक्ष आग्रह गर्दै आउनुभएको बताइन्छ ।

कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले गत चैतमा फेसबुक मार्फत अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने घोषणा गरेपछि महानगरले जग्गा उपलब्ध गराउने प्रस्ताव गरेको थियो । गत भदौमा सम्पन्न कृषि तथा वन विश्वविद्यालयको सिनेट बैठकमा उपकुलपति ईश्वरीप्रसाद ढकालले त्रिविको नामको उक्त ३ सय ५६ बिगाहा जग्गा विश्वविद्यालय मातहतमा ल्याउन प्रस्ताव गर्नुभएको थियो तर विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नमानेपछि सो प्रस्ताव खारेज भएको थियो ।
नेपाल समाचारपत्रबाट

Skip This
Skip This
Logo