हेटौंडा ।
राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरले राजसंस्था र हिन्दु राष्ट्रको माग गर्दै हेटौंडामा मोटरसाइकल र्याली गरेको छ । पार्टी कार्यालय सानोपोखराबाट नाराबाजीसहित निस्किएको र्यालीले बजारको महत्त्वपूर्ण स्थानहरुको परिक्रमा गरेको थियो ।
प्रदर्शनका क्रममा राजा र हिन्दुत्व सङ्गै भ्रष्टाचार ,धर्म परिवर्तन र बेरोजगारी लगायतका विषयमा चर्का नाराबाजी गरिएको थियो । शहर परिक्रमा पश्चात सीमा चोकमा आयोजित सभालाई पार्टीका नेताहरुले सम्बोधन गरेका थिए । कार्यक्रममा बोल्दै राप्रपा केन्द्रीय सदस्य मधु अधिकारीले जनताले परिवर्तन खोजेको र त्यो परिवर्तनकारी शक्ति राप्रपा हुने धारणा राखे ।
काङ्ग्रेस कम्युनिस्टको गलत निति र अवधारणाले मुलुक समस्याको दलदलमा भासिएको भन्दै अधिकारीले राप्रपा अबको बैकल्पिक शक्ति भएको दाबी गरे । पार्टीका युवा नेता राजाराम बर्तौलाले राष्ट्रवाद र स्वाभिमानको दियो राप्रपाले बालिरहेको भन्दै यो दियो निभ्न नदिने बताए । राप्रपाको नेतृत्वमा असली परिवर्तनको आन्दोलन अघि बढ्ने बर्तौलाले धारणा राखे ।
कार्यक्रममा केन्द्रीय सदस्य नवराज बिष्ट, जिल्ला अध्यक्ष रामहरी न्यौपाने , युवा संगठन अध्यक्ष शुक्र प्रजा लगायतले बोलेका थिए । पछिल्लो समय राजसंस्था र हिन्दुराष्ट्रको माग गर्दै देशभर प्रदर्शन भैरहेको अवस्थामा शुक्रबार राप्रपा मकवानपुरले पार्टीको ब्यानर र झन्डामा कार्यक्रम आयोजना गरेको हो ।































प्रतिक्रिया