डा. केसीको अनशनको औचित्य समाप्त भएको छ : मन्त्री बाँस्कोटा

डा. केसीको अनशनको औचित्य समाप्त भएको छ : मन्त्री बाँस्कोटा

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले डा. गोविन्द केसीको अनशनको औचित्य समाप्त भएको बताएका छन् ।

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न सिंहदरवारमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बाँस्कोटाले दुवै सदनले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक बहुमतले पारित गरिसकेको अवस्थामा अब अनशनको औचित्य समाप्त हुने बताए । उनले भने , दुवै सदनबाट विधेयक पारित भएपछि अनशन वेमतलव भएको छ, औचित्य समाप्त भएको छ ।

सरकारले डा केसीको अनशनको बेवास्ता नगरेको बताउँदै उनले वेमतलव गरेको भए संसदमा विधेयक कसरी पेश हुन्थ्यो भन्दै प्रश्न गरे। उनले प्रतिपक्षीले केपी ओलीलाई बदनाम गर्न खोजेको भन्दै डा. केसी १६ औं पटक सम्म अनशनमा बस्दा उनका माग सम्बोधन गर्न केपी ओली भन्दा बढी इनिसियसन कसले लियो भन्दै प्रश्न गरे । प्रतिपक्षी प्रति लक्षित गर्दै उनले दुई तिहाई नआएको पीडामा सरकारले मलम लगाउन नसक्ने बरु जनताले नै लगाइदिने बताए ।

उनले केसीलाई जसले उचालिरहेका छन् तिनीहरुले नै अनशन तोडाउनु पर्ने बताए । जहाज चलाउन शुरु गर्नेले नै अवतरण गराउनु पर्ने उनको तर्क थियो ।
नागरिकबाट

Skip This
Skip This
Logo