काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा चीनको औपचारिक भ्रमण सकेर स्वदेश फर्किएकी छिन् । चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा त्यसतर्फ गएकी मन्त्री राणा छेन्दुबाट नेपाल फर्किएकी हुन् ।
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहीबार चीनको सिचुआन प्रान्तस्थित छेन्दु पुगेकी राणाले शुक्रबार अपराह्न चिनियाँ विदेशमन्त्रीसँग द्विपक्षीय भेटवार्ता गरेकी थिइन् ।
सो अवसरमा दुवै पक्षले सबै क्षेत्रमा सहयोग प्रवर्द्धन गर्ने, बेल्ट एण्ड रोड इनिसिएटिभ अगाडि बढाउन र पारवहनको निर्माणलाई तीव्रता दिन दुवै पक्ष सहमत हुनुपर्नेमा वाङ यीको जोड थियो ।
भेटमा कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठको अवसरलाई सदुपयोग गरी नेपाल–चीन सम्बन्धको विकासका नयाँ सम्भावनालाई अँगाल्न नेपालसँग मिलेर काम गर्न चीन तयार रहेको उनको जोड थियो ।
भेटका अवसरमा नेपाल–चीन सम्बन्ध र द्विपक्षीय हितका विविध पक्षका साथै प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर १७ देखि २० गतेसम्म गर्ने चीन भ्रमणको तयारीका बारेमा कुराकानी भएको थियो । राणा प्रधानमन्त्री ओलीको चीन भ्रमणमा पनि सहभागी हुनेछिन् ।































प्रतिक्रिया