डा. केसीलाई देउवाको सुझाव, ‘उठ्नुहोस्, अनसन बसेर केही हुनेवाला छैन’

डा. केसीलाई देउवाको सुझाव, ‘उठ्नुहोस्, अनसन बसेर केही हुनेवाला छैन’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आमरण अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाका लागि तत्काल पहल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।

बिहीबार अपरान्ह डा. केसीलाई भेट गरी उनले जीवन रक्षाका लागि तत्काल पहल गर्न प्रधानमन्त्री ओलीसँग आग्रह गरेका हुन् । सभापति देउवाले डा. केसीको माग सम्बोधन गराउन सरकारलाई दवाव दिन आफ्नो पार्टीले देशभर विरोध प्रर्दशन गर्ने निर्णय लिएको पनि स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले वार्ता गरी डा. केसीको माग सम्बोधन गर्न ढिलाई गर्न नहुने सभापति देउवाको भनाई छ । सभापति देउवाले आफ्नो पार्टीले डा. केसीको मागमा राजनीतिकरण गर्न नचाहेको स्पष्ट पारे ।

सभापति देउवाले आफू प्रधानमन्त्री भएका बेला डा. केसीसँग सहमति गरेर संसदमा पेश गरेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक जस्ताको तस्तै पारित गर्न आफ्नो पार्टीले सरकारलाई दवाव दिएको बताए ।

सभापति देउवाले डा. केसीलाई अनसन छाडेर नयाँ संघर्षमा उत्रिन आग्रह गरेका छन् । अनसनमा बसेर माग सम्बोधन नहुने दाबी गर्दै सभापति देउवाले अनसन ताडेर संघर्षमा उत्रिन आह्वान गरेका हुन् ।

तर डा. केसीले आफ्नो माग पुरा नहुँदासम्म अनसन नतोड्ने दाबी गरे । सभापति देउवाको मागलाई अस्वीकार गर्दै डा. केसीले माग सम्बोधन नहुँदा सम्म आफ्नो प्राण गएपनि नछोड्ने बताए ।

Skip This
Skip This
Logo