डा. केसीलाई जुनसुकै बेला जे पनि हुनसक्छ: अस्पताल

डा. केसीलाई जुनसुकै बेला जे पनि हुनसक्छ: अस्पताल

केन्द्रबिन्दु
0
Shares

बिगत २३ दिनदेखि अनशनरत प्राध्यापक डाक्टर गोविन्द केसीको स्वास्थ्य अबस्था नाजुक बन्दै गएको अस्पतालले जनाएको छ।

अस्पतालले दिउँसो ३ बजे जानकारी गराए अनुसार डा केसीलाई श्वास  फेर्न गाह्रो भइरहेको छ भने छातीको दुखाइ बढेको छ। उनमा कमजोरी पनि निकै बढेको अस्पतालले जनाएको  छ।   ६३ वर्षीय केसीले औषधी समेत खान मानेका छैनन् ।

डाक्टर प्रमेश श्रेष्ठले डा केसीको स्वास्थ्य अबस्था निकै कम्जोर देखिएको भन्दै आइसियूमा राख्न अत्यावश्यक  भएको बताए।  उनका अनुसार डा.केसी केहि दिनदेखि राम्ररी निदाउन समेत सकेका छैनन्।   उनको रगतमा ग्लुकोज र पोटासियमको मात्रा घटेको छ ।

तर, केसी आइसियू जान मानेका छैनन्। केसी बोल्न सक्ने अवस्थामा नरहेको जनाइएको छ । उनलाई आइसियू नसारे जुनसुकै बेला  जे पनि हुन सक्ने अस्पतालले जनाएको छ ।  प्रतिरक्षा प्रणाली बलियो बनाउन आवश्यक स्वेतरक्त कोष (डब्लुबीसी) घट्दै गएको छ ।

आफुसंग भएको सम्झौता कार्यन्वयन गर्न माग गर्दै डा केसी १६ अनसन बसेका हुन्।  पुस २५ गतेदेखि उनले इलामबाट सोह्रौं अनशन शुरु गरेका थिए । स्वास्थ्य अवस्था बिग्रँदै गएपछि सरकारले हेलिकोप्टरबाट उनलाई शिक्षण अस्पताल ल्याएको थियो ।

उनको पक्ष र विपक्षमा प्रदर्शनहरु भैरहेका छन्।  यसैबीच आजै चिकित्सा शिक्षा बिधेयक राष्ट्रिय सभाबाट पनि पारित भएको छ ।

Skip This
Skip This
Logo