काठमाडौँ महानगरले भन्यो – मापदण्ड विपरीतका संरचना हटाउनू

काठमाडौँ महानगरले भन्यो – मापदण्ड विपरीतका संरचना हटाउनू

केन्द्रबिन्दु
39
Shares

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले मापदण्ड विपरीतका संरचना हटाउन आग्रह गरेको छ । महानगरले विद्युत् प्रसारण लाइनमुनि र दायाँबायाँ मापदण्ड विपरीत बनेका संरचना हटाउन ३५ दिने सूचना निकालेको हो ।

महानगरपालिकाले आफ्नो स्वीकृति लिएर संरचना निर्माण गर्नुपर्नेमा कतिपय भवनहरू मापदण्ड विपरीत प्रसारण लाइनमुनि वा मापदण्डले तोकेभन्दा बाहिर भएर निर्माण गरेको पाइएको भन्दै तोकिएको समयभित्र संरचना हटाउन आइतबार सूचना निकालेको हो ।

तोकिएको समयभित्र संरचना नहटाएर कानुन बमोजिम कारबाही अगाडि बढाइने सूचनामा उल्लेख छ।

Logo