आज बस्ने राष्ट्रियसभा बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारी भैरहेको छ।
दिउँसो २ बजे बस्ने राष्ट्रिय सभाको सम्भावित कार्यसुचीको पहिलो नम्बरमा नै सो विधेयक पारित गर्ने कार्यसूची छ । बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अबरुद्ध गर्ने भएको छ।
डा. गोविन्द केसीसँग भएका सहमति विधेयकमा नसमेटिएको भन्दै प्रमुख प्रतिपक्षी कांग्रेसले संघीय संसदका दुवै सदनमा विरोध गर्दै आएको छ । प्रमुख प्रतिपक्षी दलको विरोधका बाबजुद नै गत शुक्रबार प्रतिनिधि सभाबाट सो विधेयक पारित भएर राष्ट्रियसभामा आएको हो ।
त्यस्तै आजै दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ । यो बैठक पनि नेपाली कांग्रेसले अवरुद्ध पार्ने जनाएको छ । सरकारले पेलेर जान खोजेको आरोप लगाउँदै कांग्रेसलेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक अवरुद्ध गर्ने जनाएको छ ।
अनशनरत डा. गोविन्द केसीसँग सरकारले गरेका सम्झौता पूर्ण कार्यान्वयन हुनुपर्ने, पार्टीका पूर्व सभापतिद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खोलिएका अस्पताल केन्द्र मातहतमा राख्नुपर्ने लगायत माग पूरा हुनुपर्ने भन्दै संसद अवरुद्ध गर्दै आएको कांग्रेसले बुधबारको कार्य व्यवस्था परामर्श समितिको बैठकमा संसद अवरुद्ध जारी राख्ने बताएको हो। सरकारले पूर्व सभापतिद्वय कोइरालाको नामका अस्पताल केन्द्र मातहतमा ल्याउने निर्णय गरिसकेको छ।
संसद बैठकअघि सभामुखले बुधबार कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका थिए ।































प्रतिक्रिया