द्रुतमार्गको प्रस्थानविन्दु खोकना नै उपयुक्त

द्रुतमार्गको प्रस्थानविन्दु खोकना नै उपयुक्त

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिका सभापति कल्याणीकुमारी खड्काले काठमाडौँ–तराई द्रुतमार्गको प्रस्थानविन्दु (जिरोप्वाइन्ट) ललितपुरको खोकना नै उपयुक्त हुने बताउनु भएको छ ।

विकास समितिका सदस्य, द्रुतमार्ग निर्माणको जिम्मेवारी पाएको नेपाली सेना र सञ्चारकर्मीसहित खोकनाकोस्थलगत अवलोकनमा पुग्नु भएका सभापति खड्काले द्रुतमार्गको प्रस्थानविन्दुको रुपमा खोकना नै उचित हुने र यसको विकल्प नरहेको स्पष्ट पार्नुभयो ।

“सरकारले समेत निर्णय गरिसकेको तथा राजधानीसँग नजिक रहेकाले समेत प्रस्थानविन्दुको रुपमा खोकना नै उचित हुन्छ, अब यसबाट ‘ब्याक’ हुन सकिँदैन,” उहाँले भन्नुभयो ।
“प्रस्थानविन्दुका कारण उत्पन्न हुने समस्याको व्यवस्थापन भने राज्यले गर्नुपर्छ ।” उहाँले प्रष्ट पार्दै भन्नुभयो । प्रस्थानविन्दुका लागि खोकनाको विकल्प खोज्नु भन्दा त्यहाँको जनताको समस्याको समाधान गर्नु उचित हुने धारणा पनि उहाँले व्यक्त गर्नुभयो ।
गोरखापत्रबाट

Skip This
Skip This
Logo