काठमाडौँ
पाइपलाइनबाट इन्धन आयात गर्न अझै तीन महिना लाग्ने भएको छ । नेपाल आयल निगमले आगामी मार्चभित्र पाइपबाट तेल ल्याउने बताए पनि पाइप विच्छ्याउने रुटमा पर्ने रुख व्यवस्थापन गर्न समय लाग्ने भएकाले केही ढिला हुने भएको हो ।
निगमले २६ किलोमिटर दूरीमा पाइप विच्छ्याइसकेको छ । पथलैयादेखि अमलेखगन्ज ९ किलोमिटर दूरीमा रहेका रुख व्यवस्थापन गर्न समय लाग्ने भएपछि पाइपलाइन विच्छ्याउने काम तीन महिना पर सरेको हो ।
हालै मन्त्रिपरिषद्ले स्वीकृत दिएपछि सरकारले रुख व्यवस्थापनको जिम्मा टिम्बर कर्पोरेसनलाई दिएको छ । कर्पोरसनले रुख व्यवस्थापन गर्न सात दिन अघि ३० दिने टेन्डर आह्वान गरेको छ । टेन्डर प्रक्रिया अनुसार जाँदा रुख व्यवस्थापन गर्न थप तीन महिना लाग्ने देखिएको निगमको भनाइ छ ।
मोतीहारी–अमलेखगन्ज पाइपलाइन परियोजनाका संयोजक भानु खनालले रुख व्यवस्थापन गर्न समय लाग्ने भएकाले पाइपलाइन विच्छ्याउने काम पर धकेलिएको बताए । “खरिद ऐनअनुसार जाँदा टिम्बर कर्पोरेसनलाई रुख व्यवस्थापन गर्न थप केही समय लाग्छ,” उनले भने, “रुख व्यवस्थापनको काम गर्दै जाने र पाइपलाइन विच्छ्याउने काम पनि सँगसँगै अगाडि बढाउँछौं ।”
९ किलोमिटर जंगलबाहेक अन्य ठाउँमा पाइप विच्छ्याउने काम सकिएको छ । निगमका अनुसार ९ किलोमिटर जंगलमा ६ हजार ५ सय ६३ वटा रुख कटान गर्नुपर्छ । एक रुख कटान गरेको ठाउँमा २५ वटा रुख रोप्नुपर्छ । दुरीमा जंगल क्षेत्र रहेकाले रुख व्यवस्थापन गर्ने काम भइरहेको उनले जानकारी दिए । रुख रोप्न पर्सा वन्यजन्तु निकुन्ज र विभागसँग सम्झौता गर्न लागेको निगमले जनाएको छ ।
कारोबारबाट































प्रतिक्रिया