कहाँ, कति र कसरी हुन्छ भ्रष्टाचार ? (भिडियोमा)

कहाँ, कति र कसरी हुन्छ भ्रष्टाचार ? (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

नेपालमा हुने भ्रष्टाचारमध्ये आधाभन्दा बढी भ्रष्टाचार मालपोत, भूमिसुधार तथा नापी कार्यालयमा हुने गरेको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक गरेको ‘नेपालमा भ्रष्टाचार र सुशासनको अवस्था सम्बन्धी अध्ययन प्रतिवेदन २०७५’ अनुसार यी कार्यालयहरुमा मात्रै ६५ प्रतिशत भ्रष्टाचार हुने गरेको पाइएको हो । भ्रष्टाचार हुने सबैभन्दा संवेदनशील क्षेत्रहरुहरुमा मालपोत, भूमिसुधार तथा नापी कार्यालय रहेका छन् ।

त्यसपछि विकासका कार्यहरु गर्ने निर्माण व्यवसायमा ४४ प्रतिशत भ्रष्टाचार हुने गरेको पाइएको छ । जसले विकास निर्माणलाई गुणस्तरहीन बनाईदिन्छ । तेश्रो संवेदनशील क्षेत्रमा यातायात व्यवस्था कार्यालय परेको छ जहाँ ३७.७ प्रतिशत भ्रष्टाचारको जोखिम रहेको छ । अधिक भ्रष्टाचार हुने अर्काे कार्यालय हो आन्तरिक राजस्व कार्यालय जहाँ १७.१ प्रतिशत जोखिम देखिन्छ । त्यसैगरी जिल्ला प्रशासन कार्यालयमा २८.५ प्रतिशत, जिल्ला शिक्षा कार्यालयमा १३.२ प्रतिशत, स्वास्थ्य कार्यालयमा ८.३ प्रतिशत र परामर्श क्षेत्रमा २.१ प्रतिशत भ्रष्टाचार हुने गरेको आयोगको ठहर छ ।

सामान्यतः सबैभन्दा बढी भ्रष्टाचार हुनेमा मालपोत कार्यालय रहेको छ जहाँ ५५ प्रतिशत भ्रष्टाचार हुने गरेको पाइएको हो । प्रतिवेदनमा सबैभन्दा बढी भ्रष्टाचार हुने कार्यालयहरुको दोश्रो स्थानमा नगरपालिका र गाउँपालिका रहेका छन् ।

जहाँ ४२. ६ प्रतिशत भ्रष्टाचार हुने गरेको छ । त्यस्तै नापी कार्यालयमा २८.३ प्रतिशत, जिल्ला प्रशासन कार्यालयमा २३.६ प्रतिशत, आन्तरिक राजश्व कार्यालयमा १५.४, जिल्ला खानेपानी कार्यालयमा १० प्रतिशत, जिल्ला कृषि विकास कार्यालयमा ८ प्रतिशत, भूमिसुधार कार्यालयमा ७.३ प्रतिशत, यातायात व्यवस्था कार्यालयमा २.९ प्रशित, नेपाल टेलिकममा १.५ प्रतिशत, सडक कार्यालयमा १ प्रतिशत, धरेलू तथा साना उद्योग कार्यालयमा ०.७, जिल्ला शिक्षा कार्यालयमा ०.३ प्रतिशत र जिल्ला प्रहरी कार्यालयमा ०.१ प्रतिशत भ्रष्टाचार हुने गरेको पाइएको छ ।

Logo