तीन जिल्लाका एसपी सरुवा

तीन जिल्लाका एसपी सरुवा

केन्द्रबिन्दु
0
Shares

प्रहरी प्रधान कार्यालयले तीन जिल्लाका प्रहरी उपरिक्षक (एसपी)को सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले सिन्धुली, धनुषा र धादिङका एसपीको काज सरुवा गरेको हो ।

धनुषाको जिम्मेवारी एसपी शेखर खनाललाई दिइएको छ भने धनुषाका एसपी गोविन्द थपलिया ललितपुर प्रहरी परिसरमा आएका छन् । एसपी खनाल हाल ललितपुर परिसरमा कार्यरत थिए ।

यस्तै जिल्ला प्रहरी कार्यालय धादिङमा राजकुमार वैदवारलाई सरुवा गरिएको छ भने धादिङका एसपी डम्बर बिकलाई महाराजगञ्जस्थित प्रहरी शिक्षालयमा ल्याइएको छ । एसपी जोशीका अनुसार सिन्धुलीका एसपी रामेश्वर यादवलाई प्रहरी प्रधान कार्यालयमा तानिएको छ भने उनको स्थानमा एसपी चक्रबहादुर सिंहलाई पठाइएको छ ।

Skip This
Logo