देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र केन्द्रबिन्दुको युट्युब च्यानल मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ । हाइलाइट गरिएको शिर्षकहरुमा क्लिक गरेर बिस्तृत समाचार पढ्न सक्नु हुन्छ ।
रंगशाला बनाउने घोषणा गरेकै दिन ‘धुर्मुस-सुन्तली’ लाई साढे ३ करोड सहयोग
‘धुर्मुस सुन्तली’ फाउन्डेसनले चितवनमा क्रिकेट रंगशाला बनाउने घोषणा गरेकै दिन सोढ ३ करोड रुपैयाँ आर्थिक सहयोगको प्रतिबद्धता आएको छ । गौतमबुद्ध अन्तराष्ट्रिय रंगशाला निर्माणका लागि जग्गा प्राप्तीसम्बन्धी सम्झौतामा फाउण्डेसन र भरतपुर महानगरपालिकाबीच बुधबार सम्झौता भएसँगै सहयोगको प्रतिबद्धता आउने क्रम सुरु भएको हो । सम्झौता घोषणा कार्यक्रममै विभिन्न संस्था तथा व्यक्तिले सहयोगको घोषणा गरेका हुन् ।
वाइडबडी जहाज खरीदमा भएको घोटाला छानबिन होस्- कांग्रेस
प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले वाइडबडी जहाज खरीदमा भएको अर्बाको घोटालाका बारे गम्भीर ढङ्गले छानबिन गर्न माग गरेको छ।
पार्टी केन्द्रीय कार्यसमितिको बैठकले विरोध प्रदर्शनको मुद्दामा ‘भ्रष्टाचार’ लाई विधिवत् ‘माइन्युट’ गरेर सार्वजनिक समेत गरिसकेको जानकारी गराउँदै प्रवक्ता बिश्व प्रकाश शर्माले पार्टीले संसद्मा र सार्वजनिकरूपमा पनि आवाज उठाउँदै आएको स्पष्ट पारे । विरोध प्रदर्शनमार्फत यसका लागि थप दबाब सिर्जना गरिने उनको भनाइ थियो ।
सल्लाको रुखमा बिजुलीको तार, ज्यालादारी कर्मचारीको राज
नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले प्राधिकरण सुधारेर सफल व्यवस्थापकको पहिचान बनाए । तर, तिनै प्राधिकरणको वितरण केन्द्र मकवानपुरको पालुङ शाखाले उनको अथक परिश्रमबाट बनेको पहिचानमा दाग लगाईरहेको छ ।
लक्की शेर्पा नेपाल फर्किईन्, अब नफर्किने भन्दै कर्मचारीसँग मागिन विदा
विवादमा मुछिएकी अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा नेपाल फर्किएकी छन् । उनकै गाडी चालकले मानव तस्करको गम्भीर आरोप लगाएपछि उनी विवादमा मुछिएकी थिईन् । उनलाई सरकारले बर्खास्त गर्नुभन्दा राजीनामा दिएर सहस गर्न भनेको थियो । केही समयअघि उनी नेपाल आएकी थिईन् । नेपाल आएको क्रममा परराष्ट्र मन्त्रायले उनीमाथि छानविन गरेको थियो ।
दोहोरो आन्दोलनको मारमा कञ्चनपुर, बनाईएका अवैध संरचना भएकोमा विरोध
महेन्द्रनगर नगर विकास समितिको जग्गा लिजमा लिएर व्यवसाय गरिरहेका व्यवसायी पनि आन्दोलनमा उत्रेका छन् । लामो समयदेखि समितिको जग्गामा बस्दै आएका व्यवसायीले निर्माण गरिरहेको संरचना भत्काएको भन्दै व्यवसायी आन्दोलित भएका हुन् ।
बम दिदिबहिनीलाई निर्मलाका ‘मतियारा’ भन्दै हिड्ने सावित्री अहिले उनीहरुकै पक्षमा
एकासमय थियो बम दिदिबहिनी निर्मला पन्तका ‘मतियार हुन’ भन्दै हिडेकी थिईन् महिला अधिकारकर्मी सावित्री सुबेदी । रोशनी बम र बबिता बमलाई बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको मतियार हुन भन्दै सावित्रीले चर्को आवाज उठाईन् ।
पत्नीलाई जबर्जस्ती बलात्कार गरेको अभियोगमा ठिमीबाट एक ब्यक्ति पक्राउ
प्रधानमन्त्री भन्छन्, ‘अब अधिकारका लागि कसैले पनि शहीद हुनु पर्दैन’
पूर्वयुवराज पारसको स्वास्थ्यमा सुधार
केसीको माग पूरा गर्नुको विकल्प छैन- पूर्व प्रधानन्यायाधिश कार्की
घरभित्रै किशोरीको अर्ध नग्न अवस्थामा शव फेला, बुवा पक्राउ, आमा फरार
भक्तपुर अस्पतालमा थन्कियो डायलाइसिस मेशिन
भेनेजुएलाः विपक्षी नेताको सम्पत्ति रोक्का, देश छाड्न प्रतिबन्ध
भारतमा अन्ना हजारेको अनसन सुरु
धुर्मुस भन्छन्, ‘जनस्तरबाटै ३ अर्ब जुटाएर अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउँछौं’
यस्ता पनि प्रधानाध्याक आफुसँगै नचाएर विद्यार्थीलाई डान्स सिकाउदैं
अब बाबुआमाको वेवास्ता गरे ५ बर्ष कैद ५ लाख जरिवाना (भिडियोमा)
कुखुराको दानाको मूल्य अहिलेसम्मकै उच्च
नेपालमा कति शहीद ? सरकारसँग नै छैन यकिन तथ्याङ्क : सन्दर्भ शहीद दिवस
यसका साथै केन्द्रबिन्दु डटकममा आज राजनीति, सामाजिक, स्वास्थ्य, शिक्षा, आर्थिक, प्रबिधि, कला, लाइफस्टाइल, खेलकुद, बिश्व बिबिध, बिचार लगायतका थुप्रै समाचारहरु प्रकाशन भएका छन् । सबै समाचार पढ्न यहाँ क्लिक गर्न सक्नु हुन्छ। त्यस्तै केन्द्रबिन्दुको युट्युब च्यानल मा पनि बिभिन्न समाचार र मनोरोजनात्मक सामग्रीहरु प्रकाशन भएका छन् ।































प्रतिक्रिया