काठमाडौँ । माउण्टेन ईनर्जी नेपालले लाभांश घोषणा गरेको छ । कम्पनीको सोमबार (मंसिर १७ गते) बनेको सञ्चालक समितिको एक सय सत्रौँ (११७) बैठकले लाभांश घोषणा गर्ने निर्णय गरेको हो ।
कम्पनीले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनको लागि ०.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।
उक्त बोनस सेयर तथा नगद लाभांश वितरणको निर्णयलाई विद्युत् नियमन आयोगको स्वकृति पश्चात् आगामी वार्षिक साधारणमा प्रस्ताव पेश वितरण गर्ने कम्पनीले जानकारी दिएको छ ।
माउण्टेन इनर्जी नेपालको वार्षिक साधारण सभा प्रयोजनको लागि कम्पनीको सेयरधनीहरुको शेयर खरिद विक्री दाखिल खारेज मंसिर ११ गते एक दिनको लागि बन्द गर्ने भएको छ ।





























प्रतिक्रिया