ला लिगामा रियल म्याड्रिड लेभान्टेसँग २–१ ले स्तब्ध भएको छ । इडर मिलेटो खेलको सुरुवातमै रातो कार्ड पाएपछि १० खेलाडीमा सिमित रियल पराजित भएकाे हाे ।
खेल १० औं मिनेटमा पनि पुगेको थिएन ब्राजिलियन रक्षकले रातो कार्डको सामना गर्नुपरेको थियो । सर्जियो लियोनलाई पछाडिबाट ट्याकल गरेपछि रेफ्रीले भिएआरको रिभ्यूपछि सिधा रातो कार्ड देखाएका थिए ।
१० खेलाडीमा सिमित रियलका लागि मार्को एसेन्स्यिाले गोल गर्दै अग्रता दिलाए । पछि जोसे लुइस मोरालेसले गोल गरेपछि पहिलो हाफ १–१ को बराबरीमा टुंगिएको थियो । दोस्रो हाफमा रोजर मार्टीले गोल गरेपछि लेभान्तेले जित हासिल गरेको थियो ।
रियल शीर्षस्थानको एट्लेटिको म्याड्रिड भन्दा ७ अंकले पछि परेकाे छ ।































प्रतिक्रिया