लक्की शेर्पा नेपाल फर्किईन्, अब नफर्किने भन्दै कर्मचारीसँग मागिन विदा

लक्की शेर्पा नेपाल फर्किईन्, अब नफर्किने भन्दै कर्मचारीसँग मागिन विदा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । विवादमा मुछिएकी अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा नेपाल फर्किएकी छन् । उनकै गाडी चालकले मानव तस्करको गम्भीर आरोप लगाएपछि उनी विवादमा मुछिएकी थिईन् ।

उनलाई सरकारले बर्खास्त गर्नुभन्दा राजीनामा दिएर सहस गर्न भनेको थियो । केही समयअघि उनी नेपाल आएकी थिईन् । नेपाल आएको क्रममा परराष्ट्र मन्त्रायले उनीमाथि छानविन गरेको थियो ।

तत्कालिन माओवादी केन्द्रको कोटाबाट उनी राजदूत नियक्त भएकी थिईन् । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छलफल गर्दै सरकारले बर्खास्त गर्नुभन्दा राजीनामा दिन भनेका थिए । दुवै अध्यक्षको निर्देशनमा उनी राजीनामा दिने तयारीमा छन् ।

तीन सातासम्म राजदूत निवासमा बसेकी उनले राजदूतको रुपमा काम भने गरिनन् । अनौपचारिक भेटवार्ताहरु भने गरिन् । त्यसक्रममा उनले आफू निर्दोष भएको तर, आफूलाई फसाउन ठूलो गिरोह लागेको दाबी गरेकी थिइन् ।

फर्किने बेलामा उनले दूतावासका कर्मचारीहरुलाई आफू अब नफर्कने भन्दै विदा मागेकी छिन् ।

नेपाल फर्किएपछि उनले आफूमाथि लागेको आरोपबारे आधिकारिक धारणा सार्वजनिक गर्ने बताइएको छ ।

सवारी चालक वाङ्चु शेर्पाले ठूलो रकम लिएर आफूलाई अष्ट्रेलिया ल्याएको आरोप लगाएपछि सरकारले गत मंसिर २२ गते शेर्पालाई काठमाडौं बोलाएर स्पष्टिकरण लिएको थियो । उनले आफूमाथि लागेको आरोप निराधार भएको बताएकी थिईन् ।

Logo