निर्वाचन अघि गरेका प्रतिवद्धताहरु जसरी पनि पूरा गर्ने छुः मेयर डंगोल

निर्वाचन अघि गरेका प्रतिवद्धताहरु जसरी पनि पूरा गर्ने छुः मेयर डंगोल

केन्द्रबिन्दु
54
Shares

काठमाडौं । कीर्तिपुर नगरपालिकाका ननिर्वाचित प्रमुख कृष्णमान डंगोलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

मंगलबार कीर्तिपुर नगरपालिकाको सभाहलमा कांग्रेसका मेयर डंगोलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । शपथ ग्रहण पछि उनले आफूले निर्वाचन अघि मत माग्दै गर्दा जनतासामु गरेको प्रतिवद्धताहरु पूरा गर्ने विश्वास दिलाए । उनले आफ्नो पहिलो निर्णय स्वास्थ्यबाट काम सुरु गर्ने जानकारी दिए ।

उनले भने,‘मैले तपाईहरु सामु भोट माग्दा गरेका प्रतिवद्धताहरु यो दुई वर्षको कार्यकालमा एकछिन पनि आराम नगरीकन,नथाकिकन सकेसम्म पूरा गर्ने विश्वास दिलाउन चाहन्छु । तपाईहरुको विश्वास टुट्न दिने छैन् । पहिले आफ्नो पहिलो निर्णय स्वास्थ्यबाट गर्ने छु ।’

मेयर कृष्णमान डंगोल पाँच हजार ३३४ मत प्राप्त गरी विजयी भएका हुन् । सोमबार राति सकिएको मतगणनामा उनका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का शिवशरण महर्जनले चार हजार ५५५ मत प्राप्त गरे ।

यस्तै, एमालेका सुरेन्द्र मानन्धरले चार हजार ३२७ र स्वतन्त्र उम्मेदवार राजमान महर्जन ‘मानव’ले दुई हजार ३६ मत पाएका थिए ।

Skip This
Skip This
Logo