अब बाबुआमाको वेवास्ता गरे ५ बर्ष कैद ५ लाख जरिवाना (भिडियोमा)

अब बाबुआमाको वेवास्ता गरे ५ बर्ष कैद ५ लाख जरिवाना (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

सरकारले ज्येष्ठ नागरिकमैत्री ऐन ल्याउन लागिएको छ । पछिल्लो समय बृद्धबृद्धा बाबुआमालाई वेवास्ता गर्ने तथा घर निकाला गर्ने प्रवृति बढेपछि सरकारले जेष्ठ नागरिक सम्बन्धी ऐन २०६३ लाई संशोधन गरी विधेयक दर्ता गरेको हो ।

राष्ट्रिय सभामा दर्ता भएको जेष्ठ नागरिक सम्बन्धी ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा ज्येष्ठ नागरिकको हितका लागि महत्वपूर्ण कुराहरु संशोधन गरिएको छ ।

यो विधेयक गत पुस २६ गते महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले संसदमा पेश गरेका थिए । राष्ट्रिय सभामा दर्ता भएको विधेयक पारित भएर प्रतिनिधि सभाबाट समेत पारित भएर राष्ट्रपतिले प्रमाणिकरण गरेपछि यो ऐनको रुपमा लागू हुनेछ ।

विधेयक जस्ताको त्यस्तै पारित भएमा अब छोराछोरीको कमाईमा बाबुआमाको पनि हक लाग्ने भएको छ । त्यस्ते बाबुआमालाई हेला गर्ने छोराछोरीहरुलाई कडा कारवाही हुने भएको छ । बाँकि भिडियोमा  ।

 

 

Skip This
Skip This
Logo