नेपाल समाजवादी पार्टीनिकट प्रेस नेपालका अध्यक्ष शर्मा माओवादी केन्द्रमा प्रवेश

नेपाल समाजवादी पार्टीनिकट प्रेस नेपालका अध्यक्ष शर्मा माओवादी केन्द्रमा प्रवेश

केन्द्रबिन्दु
42
Shares

काठमाडौँ । नेपाल समाजवादी पार्टी निकट प्रेस नेपालका केन्द्रीय अध्यक्ष मनोज शर्मा ढोडारी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज उनलाई खादा लगाएर पार्टी प्रवेश गराएका हुन् ।

शर्मालाई स्वागत गर्दै अध्यक्ष प्रचण्डले माओवादी आन्दोलन एकता र ध्रुवीकरणको प्रक्रियामा अघि बढेकाले विभिन्न घटकहरूसँग एकता प्रक्रिया सुरु भएको बताए । व्यक्तिगत रूपमा ध्रुवीकृत हुने क्रम पनि बढेको भन्दै उनले यसले आगामी यात्रालाई थप सहज र प्रभावकारी बनाउने विश्वास व्यक्त गरे ।

प्रवेश गरेका शर्माले माओवादी स्कुलिङबाट विभिन्न ठाँउमा छरिएकाहरू सबैलाई समेटेर विशाल पार्टी बनाउने अभियानमा सहयोग पुगाउन आफू माओवादी केन्द्रमा गोलबद्ध भएको बताए ।

दुई दशकभन्दा बढी पत्रकारितामा सक्रिय शर्मा नेपाल पत्रकार महासंघको केन्द्रीय प्रशिक्षण समितिको सदस्य भएर काम गरिसकेका छन् । प्रवेश कार्यक्रममा पार्टी अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, पत्रकार महासंघका पूर्वअध्यक्ष गोविन्द आचार्यलगायतको उपस्थिति थियो ।

Skip This
Skip This
Logo