काठमाडौं । लुम्बिनी लायन्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा आफ्नो पहिलो खेलमा विराटनगर किङ्ग्सविरुद्ध कप्तान रोहितकुमार पौडेललाई गुमाएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कप्तान रोहित अर्धशतकबाट चुकेका हुन् । १२.५ ओभरमा उनी ४६ रनमा आउट भएका हुन् । २९ बलमा ४ चौका र २ छक्का प्रहार गरे । हाल विकेट गुमाएपनि लुम्बिनीले विष्फोटक ब्याटिङ गरिरहेको छ । ३ विकेटको क्षतिमा १३६ रन जोडिसकेको छ ।































प्रतिक्रिया