केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । "/>

मन्त्रिपरिषदको निर्णयदेखि भ्रष्टाचारको छलाङ्सम्म

मन्त्रिपरिषदको निर्णयदेखि भ्रष्टाचारको छलाङ्सम्म

केन्द्रबिन्दु
0
Shares

देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ । हाइलाइट गरिएको शिर्षकहरुमा क्लिक गरेर बिस्तृत समाचार पढ्न सक्नु हुन्छ ।

कांग्रेसको माग पूरा, घोषित आन्दोलन के होला ?

दिवंगत दुई नेताका नाममा रहेका अस्पताल केन्द्र सरकारकै मातहतमा राख्नुपर्ने कांग्रेसको माग पूरा भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा रहेका जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, तनहुँ र सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई केन्द्र सरकारकै मातहतमा राख्ने निर्णय गरेको हो। यसअघि सरकारले यी दुवै अस्पताल प्रदेश सरकारको मातहतमा राख्ने निर्णय गरेको थियो।

भ्रष्टाचार बढ्नुमा नेता र मन्त्रीका सल्लाहकारहरु मुख्य जिम्मेवार

नेपालमा हुने भ्रष्टाचारमध्ये आधाभन्दा बढी भ्रष्टाचार मालपोत, भूमिसुधार तथा नापी कार्यालयमा हुने गरेको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक गरेको ‘नेपालमा भ्रष्टाचार र सुशासनको अवस्था सम्बन्धी अध्ययन प्रतिवेदन २०७५’ अनुसार यी कार्यालयहरुमा मात्रै ६५ प्रतिशत भ्रष्टाचार हुने गरेको पाइएको हो ।

३३ केजी सुन काण्ड : विमानस्थलका रेडियो अपरेटरविरुद्ध १४ करोडको मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ किलो सुन तस्करी प्रकरणमा मुछिएका श्यामकृष्ण च्वामु (श्रेष्ठ)विरुद्ध १४ करोड रुपैयाँभन्दा बढी अकूत सम्पत्ति कमाएको भन्दै मुद्दा दायर गरेको छ । श्रेष्ठ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भन्सार कार्यालयको रेडियो अपरेटर हुन्। २०७३ पुस २७ गतेदेखि निलम्बनमा परेका श्रेष्ठले गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै अख्तियारले छानबिन सुरु गरेको थियो।

सरकारले गर्‍यो २ हजार ८ सय ७ सुरक्षाकर्मीलाई शहीद घोषणा

सरकारले दुई हजार ८०७ जना सुरक्षाकर्मीलाई शहीद घोषणा गरेको छ । सरकारले नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत रहेर शहादत प्राप्त गरेकाहरुलाई शहीद घोषणा गर्ने निर्णय गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीले नै खुलाशा गरेका छन् ।

‘नेपालमा भ्रष्टाचार बढ्यो’- ट्रान्सपरेन्सी इन्टरनेशनल

सुशासनका दृष्टिले यो वर्ष पनि मुलुकमा देखिने गरी प्रगति हासिल नभएको पाइएको छ । मुलुक भ्रष्टाचारको सूचाङ्कमा गत वर्षकै तुलनामा यस वर्ष पनि रहेकाले सुशासनमा देखिने गरी प्रगति हासिल नभएको पाइएको हो । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले आज यहाँ ‘भ्रष्टाचार अवधारणा सूचाङ्क’ सार्वजनिक गर्दै नेपाल गत वर्ष जस्तै ३१ अङ्क ल्याएर १८० मुलुकमध्ये १२४ औँ स्थानमा परेर सुशासनमा कुनै प्रगति हासिल नगरेको हो ।

एक दिवसीय क्रिकेटमा नेपाल १५ औं स्थानमा

नेपाल एक दिवसीय क्रिकेटको १५ औं स्थानमा उक्लिएको छ । यूएई विरुद्धको सिरिज २१ ले जितेसँगै नेपाल १५ औं स्थानमा उक्लिएको हो । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले निकालेको नयाँ वरियता अनुसार ईग्ल्याण्ड पहिलो नम्बरमा छ ।

ब्राजिलमा बाँध भत्केर मृत्यु हुनेको संख्या ५८ पुग्यो, ३०५ जना अझै बेपत्ता

पूर्वयुवराज पारसको स्वास्थ्यमा सुधार

‘धुर्मुस-सुन्तली’ ले बनाउने गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला यस्तो बन्दैछ

अवैध संरचना भत्काउनुपर्ने माग गर्दै कञ्‍चनपुर बन्द

सामुदायिक विद्यालयका एकतिहाई शिक्षकलाई बिदा गर्नुपर्ने

बालुवाटारमा सिठ्ठी जुलुस निकाल्ने नेविसंघका ३० कार्यकर्ता पक्राउ

प्रधानमन्त्री ओली भन्छन्, ‘मुलुकलाई हिंसामा धकेल्ने काम भयो’

पुराना विद्यार्थीले पनि कक्षा ११ र १२ को परीक्षा दिन पाउने

‘भ्यालेन्टाइन्स डे’ लाई ‘बहिनी दिवस’ का रुपमा मनाउने घोषणा

के छ त बहुचर्चित राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा ?

वरुण धवन पनि विवाह गर्दै

चलचित्र ‘समर लभ’ रिलिजपूर्व नै लोकप्रियता बढ्दो

एक दिवसीय क्रिकेटमा नेपाल १५ औं स्थानमा

ब्लाइन्ड महिला क्रिकेटमा पनि नेपालकाे सानदार जित

‘धुर्मुस-सुन्तली’ ले बनाउने गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला यस्तो बन्दैछ

भद्र सहमति तोड्दै सनराइज र एनसीसी बैंकले उठाए २ अर्ब निक्षेप

क्यान इन्फोटेकमा सञ्चारमन्त्रीको उद्घोष- ‘प्रविधिको पहुँच दूरदराजसम्म’

ग्रीनलाइफ हाइड्रोपावरको आइपिओ आउँदै

यसका साथै केन्द्रबिन्दु डटकममा आज राजनीति, सामाजिक, स्वास्थ्य,  शिक्षा, आर्थिक,  प्रबिधि, कला, लाइफस्टाइल, खेलकुद, बिश्व बिबिध, बिचार लगायतका थुप्रै समाचारहरु प्रकाशन भएका छन् । सबै समाचार पढ्न यहाँ  क्लिक गर्न सक्नु हुन्छ। त्यस्तै केन्द्रबिन्दुको युट्युब च्यानल मा पनि बिभिन्न समाचार र मनोरोजनात्मक सामग्रीहरु प्रकाशन भएका छन् ।

Logo