वरुण धवन पनि विवाह गर्दै

वरुण धवन पनि विवाह गर्दै

केन्द्रबिन्दु
0
Shares

वर्ष २०१८ को अन्तिममा दीपिका पादुकोणदेखि प्रियंका चोपडा लगायतका बलिउड सेलिब्रेटीहरुले विवाह गरे ।

यसै क्रममा २०१९ को सुरुवात भएसँगै बलिउड चर्चित अभिनेता वरुण धवानको विवाहको चर्चा सुरु भएको छ । स्रोतको अनुसार वरुण आफ्नो प्रेमिका नताशा दलालसँग छिटै विवाह बन्धनमा बाधिदै छन् । वरुण र नताशा धेरै वर्ष अघिदेखि एकअर्कासंग डेट गर्दै आएका थिए । उनीले आउदो नोभेम्बरमा विवाह गर्ने पक्का पक्की भएको छ ।

उनीहरुले विवाहको तयारी समेत सुरु गरिसकेका छन् । नताशाले विवाहको सपिङ गर्न सुरु गरेकी छन्.। उनीहरुको विवाह कुन ठाँउमा हुन्छ त्यो भने खुलाइएको छ । साथै वरुणले करण जोहरको शो कफी विद करणमा आफू नताशा दलालसँग प्रेम सम्बन्धमा रहेको स्विकारेका थिए ।

वरुण हाल फिल्म ‘कलंक’ र रेमो डिसुजाको डान्स फिल्मको सुटिङमा व्यस्त छन् । वरुण बलिउडमा सार्वाधिक हिट फिल्म दिने कलाकारमा पर्दछन् ।

Skip This
Skip This
Logo