राजनीतिक पार्टीलाई भर्‍याङ बनाएर निश्चित मान्छेले देश लुटेः सांसद डा. सुनिल शर्मा

राजनीतिक पार्टीलाई भर्‍याङ बनाएर निश्चित मान्छेले देश लुटेः सांसद डा. सुनिल शर्मा

केन्द्रबिन्दु
75
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले राजनीतिक पार्टीलाई भर्‍याङ बनाएर निश्चिन्त मान्छेले देश लुटेको बताएका छन् ।

सांसद शर्माले ड्रीमल्याण्ड फनपार्क बेलबारीमा आयोजित कोशी प्रदेश स्तरिय नेपाली कांग्रेसका स्थानीय तह सभापतिहरूको भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बाेधन गर्दै यस्तो बताएका हुन् ।

‘गाउँबाट हिजो २५/३० रुपैयाँको भुक्के चपल लगाएर काठमाडौं आएर नेता बनेकाहरू राज्यलाई कर नतिरी अर्बपति भएका छन्, त्यो कसरी भए कसैलाई थाहा छैन, यो जुनसुकै पार्टीभित्र पनि छ, जनताले उठाइ रहेको यो मूलभूत प्रश्न हो,’ कार्यक्रममा शर्माले भने ।

राजनीतिक पार्टीलाई भर्‍याङ बनाएर देश लुटेका कुरालाई स्विकार्नु पर्ने बताउँदै शर्माले यो समस्या सबै पार्टीमा रहेको पनि जानकारी दिए ।

साथै सांसद शर्माले अमेरिकीहरूले अब्राहम लिङ्कनलाई जसरी मान्छन् त्यसरी नै कांग्रेसका कार्यकर्ता वा नेताले बिपी कोइरालालाई मान्दै आएको पनि बताए । संसारले पत्याएको संसारले चिनेको पार्टीको नेता र कार्यकर्ताले भएर आफ्नो कामलाई इमानदारिता पूर्वक अगाडि बढाउनु पर्नेमा उनकाे जाेड छ ।

जनताले सोधेको मूलभूत प्रश्नको उत्तर खोज्नु नेताकाे आवश्यकता रहेको पनि उनले बताए ।

‘नेपालको इतिहासमा पहिलो पटक प्लेन अपहरण गर्ने र त्यहाँ भएको पैसा लगेर कार्यकर्ता पाल्ने निर्णय भई प्लेनको ककपिटमा बसेर प्लेन अपरण गरी पैसा लिएर पार्टीको र कार्यकर्ताको हितमा त्यो पैसा प्रयोग गरेकाहरू आज वडा अध्यक्ष पनि नजिती आर्यघाट जाने बेला भयो,’ सांसद शर्माले भने ।

उक्त कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोईराला विशिष्ट अतिथि केन्द्रीय सदस्य एवं पूर्व मन्त्री डा.मिनेन्द्र रिजाल रहेको थियो । साथै सांसद सरिता प्रसाईं, जिल्ला सभापति मोरङका डिग बहादुर लिम्बू, सुनसरीका केदार भण्डारी, भोजपुर विनोद वान्तवाको पनि सहभागिता थियो ।

Skip This
Skip This
Logo