‘कोखदेखि शोकसम्म राज्यले नागरिकको सुनिश्चितता गर्नुपर्छ’ -श्रममन्त्री भण्डारी

‘कोखदेखि शोकसम्म राज्यले नागरिकको सुनिश्चितता गर्नुपर्छ’ -श्रममन्त्री भण्डारी

केन्द्रबिन्दु
9
Shares

पाटन (ललितपुर) । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले हरेक श्रमजीवी नागरिकको कोखदेखि शोकसम्म राज्यले नागरिकको सुनिश्चितता गर्नुपर्छ भन्नेमा जोड दिएका छन् ।

नेपाल ट्रेड युनियन कांग्रेसद्वारा आज ललितपुरमा आयोजित औद्योगिक सम्बन्ध र श्रम नीति गोष्ठीमा मन्तव्य राख्दै मन्त्री भण्डारीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय श्रमिकको मन्त्रालय भएको उल्लेख गर्दै श्रमसँग सम्बन्धित सबै समस्या सरोकारवालासंगको समन्वय र सहकार्यमा समाधान हुने बताए ।

“सरकारलाई दोषारोपण गरेर मात्रै केही हुँदैन, श्रम ऐन संशोधन आवश्यक छ, सरकार एक्लैले गर्न सक्दैन, सरोकारवालाहरुको सहभागिता चाहिन्छ, कोखदेखि शोकसम्म राज्यले सुनिश्चितता गर्न नसकेसम्म नागरिकले सुरक्षित महसुस गर्न सक्दैन”, उनले भने ।

उनले सरकार, रोजगारदाता र श्रमिकको सहभागिता हुँदा पनि सामाजिक सुरक्षा कोषलाई प्रभावकारी बनाउन आवश्यक रहेको बताए ।

“वैदेशिक रोजगार ऐन सुधारका लागि हामीले सुरुआत गरेका छौँ, मन्त्रालयलाई श्रमिकको हकहितका लागि काम गर्ने मन्त्रालय बनाउन ट्रेड युनियनहरुको महत्वपूर्ण भूमिका हुन्छ, अहिले बैदेशिक रोजगारको मात्रै बढी काम भएको छ, समृद्धिको आधार रोजगार हो”, मन्त्री भण्डारीले भने ।

Skip This
Skip This
Logo