रौतहट
रौतहटका एक प्रदेश सांसदले चार दर्जन भन्दा बढी मन्दिर बनाउने घोषणा गरेका छन् । रौतहटको संसदीय निर्वाचन क्षेत्र नम्बर ४ को प्रदेशसभा अन्तर्गतका सम्पूर्ण विद्यालयमा आगामी ५ वर्षमा सरस्वती मन्दिर बनाउने घोषणा प्रदेश सांसद शेख अबुल कलाम आजादले गरेका छन् ।
प्रदेश सांसद आजादले आफ्नो निर्वाचन क्षेत्रको दुईवटा माध्यमिक विद्यालयमा सरस्वती मन्दिर निर्माणको थालनी गरेका छन् । गढीमाई नगरपालिकाको समनपुरमा रहेको शंकर गुदर मावि र गरुडा नगरपालिकाको गरुडामा रहेको श्री माविमा सरस्वती मन्दिरको निर्माणको कार्य अगाडि बढाएका छन् । समनपुरमा रहेको माविमा सरस्वती मन्दिरको शिलान्यास भइसकेको छ भने मावि गरुडामा एक समारोहबीच मन्दिर निर्माणको लागि पाँच लाख रुपैयाँ दिने घोषणा गरेका छन् ।
आफ्नो क्षेत्रमा रहेका माध्यमिक विद्यालयलाई तत्काल केन्द्र विन्दूमा राखेर सरस्वती मन्दिर निर्माण थालिएको प्रदेश सांसद आजादले बताएका छन् । सरस्वती मन्दिर नभएका दुई माविमा मन्दिर निर्माणको काम अगाडि बढाइएको र हरेक वर्ष क्रमशः मन्दिर निर्माण गर्ने योजना रहेको उनले बताए ।
नागरिकबाट





























प्रतिक्रिया