काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेटेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका पूर्वगृहमन्त्री लामिछानेलाई भट्टराईले प्रहरीको हिरासतमै पुगेर भेटेका हुन् ।
लामिछानेसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै भट्टराईले लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको हो कि भन्ने आशंका उत्पन्न गराएको बताए।
उनले सहकारीको रकम हिनामिना गर्नेहरू राज्यसत्ताका आसेपासे भएको र उनीहरूलाई उन्मुक्ति दिने र विपक्षीमाथि प्रतिशोध साँध्ने काम भएको बताएका छन् ।































प्रतिक्रिया