काठमाडौँ l नेपाली संगीत क्षेत्रमा नयाँ गीत ‘जाऊँ हिँड पोखरा’ सार्वजनिक भएको छ । रोमान्टिक डान्सिङ शैलीमा तयार पारिएको यस गीतले पोखराको प्राकृतिक सुन्दरतासँगै प्रेम र आकर्षणको भावलाई सुन्दर ढंगले प्रस्तुत गरेको छ।
गीतमा गायक मुकुन्द त्रिपाठी र गायिका अस्मिता अधिकारीको स्वर रहेको छ। गीतका शब्द र संगीत मुकुन्द त्रिपाठीले नै तयार पारेका हुन् ।
राजु सुनामले एरेन्ज गरेको यो गीत ओजोन स्टुडियोमा रेकर्ड गरिएको हो । विनोद परियारले गीतको मिक्सिङ गरेका छन् । भिडियोमा गायक मुकुन्द त्रिपाठी, सरिता दनकुटी र अनुभव त्रिपाठीको अभिनय देख्न सकिन्छ ।
सिनेमाटोग्राफी सुवास सुवेदीले गरेका छन् भने भिडियोको सम्पादन र कलरिङ सुवास अम्गाईले गरेका हुन् । भिडियोमा युमी बलामीको कोरियोग्राफी रहेको छ। दुर्गा न्यौपाने त्रिपाठी निर्मात्री रहेको यस गीतको भिडियोलाई गायक तथा संगीतकार मुकुन्द त्रिपाठीले निर्देशन गरेका हुन् । गायक मुकुन्द त्रिपाठीको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यस गीतले दर्शकको मन जित्ने अपेक्षा गरिएको छ ।
भिडियो































प्रतिक्रिया