काठमाडौं । शिक्षा, विज्ञान तथा प्र्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आमरण अनसन छोड्न डा. गोविन्द केसीलाई पुनः आग्रह गरेका छन् । मन्त्री पोखरेलले संसदले पारित गरेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई स्वागत गरेर अघि बढ्दा नै डा. केसीको पनि सम्मान हुने तर्क गरे ।
राष्ट्रिय सभाको सोमबारको बैठकमा सो विधेयक टेबल गरेपछि उनले विधि प्रक्रिया भित्रै रहेर पारित गराउने स्पष्ट पारे । संसदीय विधि र प्रक्रियामाथि बाधा पार्ने काम डा. केसीले गर्न नहुने उनको तर्क थियो ।
मन्त्री पोखरेलले डा. केसीको मूलभूत मागलाई समेटिएर विधेयक आएको उल्लेख गर्दै त्यसमा केही कमजोरी भए संशोधन गर्दै लैजाने प्रतिवद्धता पनि व्यक्त गरे । मन्त्री पोखरेलले डा. केसीको जीवन रक्षाका लागि सरकारले इलामबाट काठमाडौं ल्याएर उपचार गरिरहेको स्पष्ट पारे ।





























प्रतिक्रिया