मेलम्ची खानेपानी आयोजनाको ठेक्का माघ २० गते सम्म मात्रै हुने भएको छ ।
प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिले सोमबार आयोजना गरेको छलफलमा मेलम्ची खानेपानी आयोजना प्रमुख सूर्य कँडेलले माघ २० गते ठेक्का रद्ध गरिने बताएका हुन्।
आयोजनाले इटालियन निर्माण कम्पनी सिएमसीसँगको ठेक्का रद्द भएसँगै उसको २ अर्ब २१ करोड रुपैयाँ धरौती जफत हुने जनाएको छ ।ठेक्का तोडेपछि माघ २० बाट अर्को प्रक्रिया सुरु गरिने उनले जानकारी दिए । मेलम्चीमा अहिले काम गरिरहेका सहायक ठेकेदारबाट नै बाँकी काम गराउने आयोजना प्रमुख कँडेलले बताए ।































प्रतिक्रिया