नेपाललाई यूएईले दियो २५५ रनको चुनौती (लाइभ)

नेपाललाई यूएईले दियो २५५ रनको चुनौती (लाइभ)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । यूएईविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीयम खेलमा युएइले नेपाललाई २५५ रनको चुनौती दिएको छ।

टस जितेर फिल्डिङ रोजेको नेपाललले फराकिलो चुनौति पाएको हो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २५४ रन बनाएको हो।

युएईका लागि साइमान अनवारले सर्वाधिक ८७ रन बनाए । त्यसपछि सिपी रिजवानसँग मिलेर साइमनले युएईको स्कोर २ सय रन कटाएका थिए।नेपालका लागि करन केसी र कप्तान पारस खड्काले २-२ तथा सन्दीप लामिछाने र सोमपाल कामीले १-१ विकेट लिए।

यसअघिको दोस्रो खेलमा नेपाल विजयी भएको थियो भने पहिलो खेलमा पराजित भएको थियो ।

https://www.youtube.com/watch?v=-3kXQvwYMZ0

Skip This
Skip This
Logo