आज प्रदेश १ काे हिमाली क्षेत्रमा हिउँ पर्ने सम्भावना

आज प्रदेश १ काे हिमाली क्षेत्रमा हिउँ पर्ने सम्भावना

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (आइतबार) देशभर मौसौमका प्रभावबारे विवरण सार्वजनिक गरेको छ ।

महाशाखाका अनुसार आज बिहानैदेखि देशका धेरै स्थानमा चिसो कायमै रहेको छ भने उच्च हिमाली जिल्लाहरुमा अत्याधिक चिसोको कहरसँगै हिमपातको सम्भावना रहेको छ । साथै, दिउँसो पनि प्रदेश १ को पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश १ को उच्च पहाडी तथा हिमाली भु–भागका एक–दुई स्थानहरुमा हल्का हिमपाको सम्भावना रहेको बताइएको छ । त्यस्तै, राति पनि देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

Skip This
Skip This
Logo