काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा विराटनगर किंग्सविरुद्ध कर्णाली याक्सले खराव सुरुवात गरेको छ ।
कीर्तिपुरस्थित टियु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले ३ ओभरमा २ विकेट गुमाएको छ । दोस्रो ओभरको तेस्रो बलमा ओपनर शिखर धवन नै ५ रनमा आउट भए । उनले ५ बलमा एक मात्र चौका प्रहार गर्दा प्रतिश जिसीले आउट गराएका हुन् । त्यसपछि आएका चाडविक वाल्टनलाई क्रिस सोलले एक रनमै आउट गरे ।
जारी एनपिएलमा कर्णाली याक्स र विराटनगर किङ्गसले समान ३ खेल खेलेका छन् जसमा दुवै टोलीले दुईवटामा पराजित हुँदा एक खेल भने जितेका छन् ।





























प्रतिक्रिया