पहिरोले होटेल बगायो : १५ जनाको मृत्य, ३४ घाइते

पहिरोले होटेल बगायो : १५ जनाको मृत्य, ३४ घाइते

केन्द्रबिन्दु
0
Shares

पेरू

करिब १०० जना पाहुना सहभागी एक वैवाहिक समारोह चलिरहेको होटेललाई पहिरोले बगाउँदा कम्तिमा १५ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले जनाएका छन् । घटनामा कम्तीमा ३४ जना सख्त घाइते भएका बताइएको छ ।

“होटेलको पर्खालबाट जोडसाथ विवाहस्थलमा एक्कासी छिरेको पहिरोले अवान्से शहरमा वैवाहिक कार्यक्रममा सहभागी १५ जनाको मृत्यु भएको छ भने ३४ जना सख्त घाइते भएका छन्,” शहरका सरकार प्रमुख इभारिस्तो रामोसलाई उद्धृत गरी स्थानीय आरपीपी रेडियोद्वारा प्रसारण गरिएको समाचारमा बताइएको छ ।

घाइते सबैलाई उपचारका लागि स्थानीय अस्पतालहरूमा पठाइएको छ भने पहिरोमा परी हराएका केहीको खोजीकार्य जारी रहेको पेरूको प्रहरीले जनाएको छ ।
रासस/एएफपी

Skip This
Skip This
Logo