काठमाडौँ
चिकित्सा शिक्षा सुधारको माग गर्दै विगत १९ दिनदेखि अनशन बसिरहेका डा. गोविन्द केसीको माग पूरा गराउन सरकारलाई दबाब दिने उद्देश्यले नेपाल चिकित्सक संघको नेतृत्वमा सोमबारदेखि चिकित्सकहरूले सामूहिक अनशन सुरु गर्ने भएका छन् ।
डा. केसीसँग भएको सहमतिविपरीत प्रतिनिधिसभाबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित भएपछि चिकित्सकहरूले उनको माग पूरा नभएसम्म अनशन जारी राख्ने भएका हुन् ।
चिकित्सकहरूले त्रिवि शिक्षण अस्पतालमा दैनिक बिहान १० बजेदेखि बेलुका पाँच बजेसम्म अनशन बस्ने कार्यक्रम छ । सरकारले डा. केसीका माग पूरा नगरेसम्म अनशन जारी रहने चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम क्षेष्ठले बताए ।
‘सरकार आफैँले गरेको सहमतिको मसी सुक्न नपाउँदै उल्लंघन गरेको छ । सरकारले संशोधनमार्फत डा. केसीसँग भएको सहमतिविपरीत विधेयकमा राखिएका प्रावधान तत्काल सच्याउनुपर्छ’, डा. श्रेष्ठले भने, ‘सहमति कार्यान्वयन गरेर प्रधानमन्त्री पदको गरिमा राख्नुपर्छ । प्रधानमन्त्रीले बेइमानी गरेर पदको गरिमा घटाउने काम गर्नु हुन्न ।’ डा. केसीले तीन करोड नेपालीको भावना बोकेर हिँडेकाले सरकार उनको मागप्रति गम्भीर हुनुपर्ने उनले बताए ।
नागरिकबाट































प्रतिक्रिया