झापामा प्रधानमन्त्री ओलीविरुद्ध रास्वपाको प्रदर्शन

झापामा प्रधानमन्त्री ओलीविरुद्ध रास्वपाको प्रदर्शन

केन्द्रबिन्दु
51
Shares

झापा । झापामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताहरूले विरोध प्रदर्शन गरेका छन् ।

मेचीनगर नगरपालिका–४ स्थित मानव सेवा आश्रममा भवनको शिलान्यास तथा उद्घाटन स्थलतर्फ जाने क्रममा प्रधानमन्त्री ओलीविरुद्ध उनीहरूले कालो झण्डा देखाएका हुन्।

उनीहरूले प्रधानमन्त्री ओलीविरुद्ध नाराजुलुश गरेका हुन्। सोही क्रममा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा रास्वपाका क्षेत्र नम्बर ४ का सभापति शम्भु सुस्केरा रहेका छन् ।

दुईदिने भ्रमणका क्रममा झापामा रहेका प्रधानमन्त्री ओलीले मानव सेवा आश्रममा भवनको शिलान्यास कार्यक्रम पश्चात् दमक नगरपालिका–३ स्थित डेढ अर्बभन्दा बढी लागतमा नवनिर्मित बिजनेस भ्यू टावरको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

Skip This
Skip This
Logo