सीजी इलेक्ट्रोनिक्सकाे उत्पादन खरिद गर्दा निःशुल्क एनपीएल टिकट जित्ने अफर

सीजी इलेक्ट्रोनिक्सकाे उत्पादन खरिद गर्दा निःशुल्क एनपीएल टिकट जित्ने अफर

केन्द्रबिन्दु
123
Shares

काठमाडौं । जारी नेपाल प्रिमियर लिगको क्रिकेट माहोलले नयाँ उचाई लिइरहेको छ, र यो उत्साहलाई अझ बढाउन सीजी इलेक्ट्रोनिक्सले रोमाञ्चक अफर ल्याएको छ।

सीजी इलेक्ट्रोनिक्सको कुनै पनि ब्रान्डको उत्पादन खरिद गर्दा, ग्राहकहरूले लक्की ड्र मार्फत निःशुल्क एनपीएल टिकट जितेर किर्तिपुर स्थित क्रिकेट स्टेडीयममा प्रत्यक्ष खेल हेर्ने मौका पाउनेछन्।

सीजी इलेक्ट्रोनिक्स अन्तर्गत एलजी, सीजी, टीसीएल, गोदरेज, बेको, सेन्साई, ब्ल्याक एन्ड डेकर, माइडिया, केन्ट, एलिका, क्रम्प्टन जस्ता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरू रहेका छन्। यी ब्रान्डहरूले ठूला घरेलु उपकरणहरू जस्तै टिभी, वाशिङ मेसिन, फ्रिज, एयर कण्डिसनर आदिका साथै साना घरेलु उपकरणहरू जस्तै एयर फ्रायर, हीटर, गिजर, भ्याकुम क्लिनर, प्रेशर कुकर, आयरन, कफी मेकर आदि उपलब्ध गराउँछन्।

यो विशेष अभियानले उत्कृष्ट उत्पादन खरिद गर्नका साथै क्रिकेटको प्रत्यक्ष मज्जा लिनको अवसर पनि प्रदान गर्ने कम्पनीकाे भनाई छ ।

“हाम्रा ग्राहकहरूको खुशी हाम्रो पहिलो प्राथमिकता हो। यो अभियानले ग्राहकहरूलाई उत्कृष्ट मूल्यका साथ क्रिकेटको राष्ट्रव्यापी जोशलाई मनाउने अनौठो अवसर दिन्छ,” सीजी इलेक्ट्रोनिक्सका प्रतिनिधिले भने । र आगामी दिनहरुमा पनि नेपाली खेल जगतलाई सप्पोर्ट गर्दै यस्तै योजना हरुलाई निरन्तरता दिने वाचा गरे ।

Skip This
Skip This
Logo