श्रीस्वस्थानी ब्रत कथा अध्याय ७ः जब महादेव रिसले चुर भए (भिडियोमा)

श्रीस्वस्थानी ब्रत कथा अध्याय ७ः जब महादेव रिसले चुर भए (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । यतिबेला श्रीस्वस्थानी ब्रत कथा चलिरहेको छ । पुष शुक्ल पूर्णिमादेखि सुरु भएको स्वस्थानी माघ शुक्ल पूर्णिमा समापन गरिन्छ । एक महिनासम्म चल्ने श्रीस्वस्थानी ब्रतमा भगवान शिवको पूजा आराधना गरिन्छ ।

सत्य युगमा हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन श्रीस्वस्थानी ब्रत बसेको र चिताएको पुरा भएको विश्वासमा श्रीस्वस्थानी ब्रतकथा र माघ स्नानको प्रचलन रहेको विश्वास गरिन्छ । विशेष गरि महिलाहरू मात्र ब्रतालु हुने यो ब्रत बस्नाले ब्रता कथामा बर्णन गरिएजस्तै सुख, शान्ति, समृद्धि मिल्नुका साथै रोगब्याध पनि नष्ट हुने विश्वास गरिन्छ ।

एक महिनासम्म चल्ने श्रीस्वस्थानी ब्रत कथामा प्रत्येक दिन एक एक अध्याय बाचन गर्ने गरिन्छ । अध्याय ६ मा सतिदेवीको कसरी मृत्यु भएको भन्ने कुराको जानकारी दिईएको थियो ।

त्यस्तै सातौं अध्यायमा सतीदेवीको मृत्यु पश्चात् नारदमुनिले महादेवलाई उक्त कुराको जानकारी गराएका थिए । उक्त कुरा सुनेपछि महादेव रिसले चुर भएर आफ्नो शिरबाट जटा निकाली महाकाली र बीर बीरभद्रलाई प्रकट गरेको कथा प्रस्तुत गरिएको छ । साथै विरभद्र र महाकालीले रिसले चुर भई दक्षप्रजापतिको यज्ञ विध्वंश गरेको कथा वर्णन गरिएको छ । थप भिडियोमाः

Skip This
Skip This
Logo