छविलाई बयानका लागि पर्सा लगियो, रविलाई पनि लैजाने तयारी

छविलाई बयानका लागि पर्सा लगियो, रविलाई पनि लैजाने तयारी

केन्द्रबिन्दु
84
Shares

काठमाडौँ । सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका छविलाल जोशी र रामबहादुर खनाललाई पर्सा लगिएको छ ।

पर्साको सानोपाइला सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पक्राउ पूर्जी जारी भएकाले उनीहरूलाई आइतबार बेलुका पोखराबाट गाडीको बाटो हुँदै आज बिहान पर्सा पुर्‍याइएको हो ।

प्रहरीका अनुसार उनीहरूलाई आज जिल्ला सरकारी वकिलको कार्यालयमा बयान लिएपछि पुनः पोखरा फर्काइने छ । रास्वपा सभापति रवि लामिछानेलाई पनि पोखराबाट पर्सा लैजाने तयारी छ ।

Logo