प्रियंका र निकको नाइट डेटको तस्विर भाइरल

प्रियंका र निकको नाइट डेटको तस्विर भाइरल

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । सेलिब्रेटीहरुका हरेक सानासाना कुराहरु पनि सामाजिक सञ्जालहरुमा भाइरल हुने गर्दछन् । यसै क्रममा अहिले न्यूली म्यारिड कप्पल निक र प्रियंकाको नाइट डेटका केहि तस्विरहरु सार्वजनिक भएका छन् ।

बलिउड देशी गल प्रियंका चोपडा र अमेरिकी गायक निक जोनासले केहि समय विवाह बन्धनमा बाधिइन् । निक र प्रिंयंकाले हिन्दू र क्रिंस्चियन गरि दुई रितिरिवाज अनुसार विवाह गरेका हुन् । उनीहरु हातमा हात मिलाएर नाइट डेट गएका तस्विरहरु सामाजिक सञ्जालमा निकै भाइरल भईरहेका छन् ।

उक्त तस्विरमा चोपडाले निलो जिन्स पाइन्ट लगाएकी छन् भने सेतो टिर्सट र पहेलो ज्याकेटमा सजिएकी छन् । उता निकले भने डार्क ब्लु पाइन्ट, खरानी कलरको सेतो र कालो कलरको धर्के टिसर्ट र निलै ज्याकेट लगाएका छन् । तस्विरमा उनीहरुको जोडी निकै सुन्दर देखिएको छ ।

Logo