काठमाडौँ । गायिका मञ्जु पौडेलको देउडामा आधारित गीत ‘कर्णाली पारीको भेनाजु’ सार्वजनिक भएको छ । सञ्चारकर्मी डीबी खड्काको शब्द एवं विनोद बाजुरालीको संगीत रहेकाे यस गीतलाई गायिका मञ्जु र गायक राजेन्द्र बाजुरालीले स्वर दिएका छन् ।
गीतमा आफ्ना लागि उपयुक्त बरको खोजीमा रहेकी महिलाको मनोभाव उनिएको छ । गीतमा महिलाले पनि आफ्ना लागि आफैँ जीवनसाथी खोज्न सक्ने वर्तमान अवस्थाको चित्रण गर्न खोजिएको गीतकार खड्काले बताएका छन्।
गायिका र कार्यक्रम प्रस्तोताका रूपमा सुदूरपश्चिममा लोकप्रिय पौडेलले भनिन्, ‘सुदूरपश्चिमले माया गरे पनि त्यहाँको गीत गाउन पाएकी थिइनँ । त्यसैले यो पटक गीतमार्फत् सुदूरपश्चिमका मेरा दर्शकस्रोतालाई सम्बोधन गर्न पाएकी छु ।’
विनोद बाजुरालीकै संगीत संयोजन रहेको गीतलाई खड्ग बाजुरालीको मिक्सिङ गरेका छन् । विक्रम चौहानको निर्देशन एवं कोरियोग्राफी रहेको गीतको भिडियोलाई दुर्गा पौडेलले खिचेका हुन् भने नवीन घर्तीमगरले सम्पादन गरेका छन् । गीतको भिडियो गायिका मञ्जु पौडेलको अफिसियल यूट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।





























प्रतिक्रिया