एजेन्सी । कंगना रनौत अभिनित फिल्म ‘मणिकर्णिका’ : द क्वीन अफ झासी रिलिज भईसककोे छ । यो फिल्मलाई कंगनाको करियरकै उत्कृष्ट फिल्मको रुपमा लिइएको छ ।

मणिकर्णिकाले दर्शकहरुको राम्रो प्रतिक्रिया पाइरहेको छ । उक्त फिल्मबाट प्रशंसकहरुले उनको अभिनय र भूमिकाको निकै तारिफ गरेका छन् । यस अघि कगंनाले नेशनल फिल्म अर्वाड जितिसकेकी छन् ।

उनले २०१४ मा रिलिज भएको फिल्म ‘क्वीन’ र २०१५ मा ‘तनु वेड्स मनु रिटन्र्स’ बाट नेशनल अर्वाड समेत जितेकी थिइन् । कतिपयले त कगंनाले मणिकर्णिकाबाट नेशनल अर्वाड जित्ने अंडकलबाजी समेत लगाउन थालिसकेका छन् ।
![]()
यहि फिल्मबाट टिभि सिरियल ऐक्ट्रेस अकिंता लोखंडेले पनि आफ्नो बलिउड करियरको सुरुवात गरेकी छिन् । यस फिल्मको कथा विजेयेन्द्र प्रसादले लेखेका हुन् । साथै कगंना स्वयम्ले निर्देशन समेत गरेकी हुन् ।































प्रतिक्रिया