पूर्व राजा ज्ञानेन्द्रले किन बढाए आफ्नो सक्रियता ? पश्चिमपछि पूर्वको यात्रामा

पूर्व राजा ज्ञानेन्द्रले किन बढाए आफ्नो सक्रियता ? पश्चिमपछि पूर्वको यात्रामा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह सिमरा भ्रमणमा निस्किदैंछन् । दुई हप्ता भन्दा बढी समय पोखरामा बिताएर फर्केको एक महिना पुग्दा नपुग्दै पूर्वराजा शाह आज अपरान्ह ४ बजे सिमरा जान लागेका हुन् ।

सिमरालाई केन्द्र बनाएर वरपरका जिल्ला भ्रमणका लागि पत्नी कोमल शाहसहित उनी त्यसतर्फ प्रस्थान गर्न लागेका हुन्। सिमरा रहँदा बालसखा तथा सल्लाहकार प्रभु शमशेर राणाको निवासमा रहनेछन् ।

उनी त्यहाँ कति समय बस्नभन्ने जानकारी आएको छैन् । केही दिन सिमरा बसेर त्यहीबाट उनी पूर्वी तराईको झापाको दमकस्थित आफ्नो चियाबगानमा जानेछन्।

मुलुक गणतन्त्रमा प्रवेश गरिसकेपछि सहज सत्ता हस्तान्तरण गरेका पूर्वराजा शाह पछिल्लो समय निकै सक्रिय भएको देखिन्छ । उनी पश्चिमको लामो भ्रमणपछि पूर्वको यात्रा गर्न लाग्दा त्यसलाई निकै महत्वमका साथ हेरिएको छ ।

Skip This
Skip This
Logo